१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प

अ+ अ-

एजेन्सी । अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (युएसजिएस) का अनुसार शनिबार अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । राजधानी काबुल र अन्य क्षेत्रमा पनि भूकम्पको बलियो कम्पन महसुस गरिएको स्थानीय अधिकारीले बताएका छन् ।

अफगानिस्तानका विभिन्न प्रान्तहरूमा साथै पाकिस्तानको राजधानी इस्लामाबादमा रहेका एएफपीका पत्रकारहरूले भूकम्पको दह्रो कम्पनले आफूहरूलाई त्रसित बनाएको बताएका छन् । युएसजिएसले भूकम्पको केन्द्रबिन्दु पूर्वोत्तर अफगानिस्तानमा २०८.३ किलोमिटरको गहिराइमा रहेको बताएको छ ।

भूकम्पका कारण काबुलमा भवनहरू हल्लिएका थिए। एक एएफपी पत्रकारले कैयौँ घरहरूको भित्री पर्खालमा ठूलाठूला चिरा परेको रिपोर्ट गरेका छन् । बल्ख र बदख्शान प्रान्तमा पनि भूकम्पको महसुस गरिएको थियो । यी प्रान्तहरूको ताजिकिस्तान र पाकिस्तानसँग सीमा जोडिएको छ । पूर्वतर्फ नान्गाहर र खोस्ट प्रान्तमा पनि कम्पन महसुस गरिएको थियो ।

भूकम्पबाट भएको क्षति र मानवीय क्षतिको विवरण तत्काल उपलब्ध हुन सकेको छैन । विशेष गरी हिन्दुकुश पर्वत शृङ्खलामा पर्ने अफगानिस्तानमा भूकम्प सामान्य घटना हो, जहाँ युरेसियाली  र भारतीय टेक्टोनिक प्लेटहरू भेटिन्छन् ।

अप्रिलमा बदख्शान प्रान्तमा गएको ५।८ म्याग्निच्युडको भूकम्पमा १२ जनाको मृत्यु भएको थियो र देशका धेरै भाग प्रभावित भएका थिए । त्यस्तै सन् २०२५ अगस्टमा देशको पूर्वी भागमा गएको ६।० म्याग्निच्युडको भूकम्पले पहाडी गाउँहरू ध्वस्त पारेको थियो भने दुई हजार २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । यसको केही साता पछि देशको उत्तरी क्षेत्रमा गएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा २७ जनाको मृत्यु भएको थियो ।

सन् २०२३ मा इरान सीमासँग जोडिएको पश्चिमी हेरात र सन् २०२२ मा पूर्वी नान्गाहारमा गएका ठूला भूकम्पहरूले सयौँको ज्यान लिएका थिए र हजारौँ घरहरू ध्वस्त भएका थिए । युद्धबाट दशकौँदेखि प्रभावित यो देशमा मुख्य रूपमा ग्रामीण क्षेत्रमा धेरै घरहरू कमजोर र निम्न गुणस्तरका छन् ।

पहाडी भूगोल, कमजोर सञ्चार सञ्जाल र पूर्वाधारका कारण विगतमा विपद् प्रतिकार्यमा ठूलो कठिनाइ भएको थियो । अधिकारीहरूलाई टाढाका गाउँहरूमा पुग्न घण्टौँ वा कैयौँ दिन लाग्ने गर्छ ।

0 Comments