काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन् । बैठकमा सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने बित्तिकै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।
तर, राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाही भने उठेनन्। विपक्षी दलका सांसदहरु उठेर विरोध जनाएपछि सभामुखले कांग्रेसका सांसद रेनुका काउँचालाई बोल्न समय दिए।






