१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नो नेतृत्वको सरकारको कामप्रति असन्तुष्टि बढ्ने आधार नभएको ओलीको दाबी

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्व र पार्टीले गरेका कामका कारण जनतामा असन्तुष्टि सिर्जना भएको भन्ने दाबी तथ्यमा आधारित नभएको बताएका छन्।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले एमालेविरुद्ध विभिन्न आरोप र नकारात्मक भाष्य निर्माण गरिएको टिप्पणी गरे। जनमतलाई प्रभावित पार्ने उद्देश्यले भ्रमपूर्ण प्रचार गरिएको उनको भनाइ थियो।

ओलीले आफ्नो पार्टीका कामकारबाहीमा केही कमजोरी र सीमितता रहेको स्वीकार गर्दै आवश्यक परे आत्मसमीक्षा गर्न तयार रहेको बताए। तर, त्यसका आधारमा देशलाई पछाडि धकेलेको वा राष्ट्रिय हित विपरीत काम गरेको भन्ने निष्कर्ष स्वीकार्य नहुने उनको धारणा थियो।

उनले एमाले नेतृत्वले विकास निर्माणका विभिन्न आयोजना अघि बढाएको दाबी गर्दै मुलुकलाई अगाडि बढाउने दिशामा काम गरिएको उल्लेख गरे।

युवा तथा आम नागरिकमा देखिएको असन्तुष्टिको कारण सरकारको कार्यसम्पादन नभई एमालेविरुद्ध योजनाबद्ध रूपमा फैलाइएको भ्रामक प्रचार र अफवाह रहेको दाबी पनि ओलीले गरे। उनका अनुसार पार्टीलाई बदनाम गर्ने उद्देश्यले गलत सूचना र आरोपहरू सार्वजनिक गरिएका छन्।

0 Comments