६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी सवारीमा निजी नम्बर प्लेट प्रयोग भएको भन्दै सांसदको आपत्ति

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)की सांसद रेखाकुमारी झाले सरकारी प्रयोजनका लागि खरिद गरिएका सवारीसाधनमा निजी नम्बर प्लेट प्रयोग भइरहेको विषय उठाउँदै सरकारसँग छानबिन र आवश्यक कारबाहीको माग गरेकी छन्।

राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपाल खानेपानी संस्थान राजविराज, मोरङको पथरीशनिश्चरे नगरपालिका तथा काठमाडौँका केही सार्वजनिक निकायमा सरकारी कोषबाट सञ्चालन हुने सवारीसाधनमा सेतो सरकारी नम्बर प्लेट हटाएर रातो निजी नम्बर प्लेट प्रयोग गरिएको तथ्य सार्वजनिक भएको उल्लेख गरिन्।

उनले सरकारी सवारीसाधनलाई निजी प्रयोजनका लागि प्रयोग गर्न सरकारी नम्बर प्लेट परिवर्तन गरिएको आरोप लगाउँदै यस्तो कार्य कानुन विपरीत मात्र नभई सुशासनको मर्म विपरीत पनि भएको बताइन्।

सांसद झाले राज्यको स्रोतबाट इन्धन, मर्मतसम्भार तथा अन्य सञ्चालन खर्च व्यहोर्ने सरकारी सवारीसाधन व्यक्तिगत प्रयोजनमा प्रयोग हुनु सार्वजनिक स्रोतको दुरुपयोग भएको उल्लेख गर्दै यस विषयमा सरकारले प्रभावकारी अनुगमन, छानबिन र आवश्यक कारबाही अघि बढाउनुपर्ने माग गरिन्।

0 Comments