काठमाडौँ । मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.४१ अंकले घटेर २६३१.५५ विन्दुमा अडिएको छ।
यो समयमा ५२ वटा स्क्रिप्सको ३ लाख ३ हजार ५५३ कित्ता सेयर ७ करोड ४१ लाख २१ रुपैयाँमा खरिदबिक्री भएको छ ।
कारोबारमा आएकामध्ये १७ वटा स्टक्सको मूल्य बढ्दा २९ वटाको घटेको छ भने ३ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।






