१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘स्टडी इन नेपाल’ अभियान प्रवर्द्धन गर्न इक्यान र आइप्यानबीच सहकार्यको समझदारी

अ+ अ-

काठमाडौँ । नेपाललाई अन्तर्राष्ट्रिय उच्च शिक्षाको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) ले रणनीतिक साझेदारीको समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्।

समझदारी पत्रमा इक्यानका अध्यक्ष लक्ष्मण पौडेल तथा आइप्यानका अध्यक्ष लक्ष्मण केसीले हस्ताक्षर गरेका हुन्। दुवै संस्थाले गुणस्तरीय उच्च शिक्षाको प्रवर्द्धन, शिक्षाको अन्तर्राष्ट्रियकरण तथा ‘स्टडी इन नेपाल’ अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन संयुक्त प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्झौताअनुसार इक्यानसँग आबद्ध शैक्षिक परामर्श संस्थाहरूले आइप्यानका सदस्य कलेज तथा शैक्षिक संस्थाले सञ्चालन गर्ने शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया, प्रवेशका मापदण्ड, छात्रवृत्ति तथा अध्ययनपछिका करियर अवसरसम्बन्धी अद्यावधिक जानकारी प्रत्यक्ष रूपमा प्राप्त गर्ने व्यवस्था हुनेछ। यसबाट विद्यार्थी र अभिभावकलाई तथ्यमा आधारित तथा गुणस्तरीय शैक्षिक परामर्श उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ।

दुवै संस्थाले क्षमता विकास, शैक्षिक अभिमुखीकरण, अन्तरक्रिया, अनुसन्धान, नीतिगत छलफल, नेटवर्किङ, अन्तर्राष्ट्रिय शिक्षा सम्मेलन तथा ‘स्टडी इन नेपाल’ अभियानसँग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रवर्द्धनात्मक कार्यक्रमहरू संयुक्त रूपमा सञ्चालन गर्ने सहमति गरेका छन्। यसबाट शिक्षा क्षेत्रमा सक्रिय संस्थाबीच समन्वय, सूचना आदान–प्रदान र सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।

समझदारीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आर्थिक रूपमा विपन्न, प्रतिभाशाली तथा शैक्षिक अवसरबाट वञ्चित विद्यार्थीलाई छात्रवृत्ति र विशेष अध्ययन अवसर उपलब्ध गराउने क्षेत्रमा समेत सहकार्य गर्ने आधार तयार गरेको छ।

समझदारी हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका नेतृत्वले यस सहकार्यबाट नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रलाई थप व्यवस्थित, विश्वसनीय, प्रतिस्पर्धी तथा विद्यार्थीमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। साथै, ‘स्टडी इन नेपाल’ अभियानलाई राष्ट्रिय प्राथमिकताको कार्यक्रमका रूपमा अगाडि बढाउन सरकार, विश्वविद्यालय, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य विस्तार गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

0 Comments