६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागु औषधसहित पाँच जना पक्राउ

अ+ अ-

विराटनगर । कोशी प्रदेश प्रहरीले लागुऔषधविरुद्धको महाअभियानअन्तर्गत आज पाँच जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

पक्राउ परेकाहरूको साथबाट ७९५ किलोग्राम गाँजा, छ ग्राम १० मिलिग्राम ब्राउन सुगर, एक थान मिनी ट्रक र एक थान मोटरसाइकल बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका–६ स्थितबाट को१ख ४६३५ नम्बरको मिनीट्रकलाई शङ्का लागि जाँच गर्दा ट्रकको डालाभित्र आलुको बोराहरूले लुकाइछिपाइ २५ वटा प्लास्टिकको पोकामा ल्याउँदै गरेको ७७५ किलोग्राम गाँजासहित चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१ का ३३ वर्षीय परीक्षण कुँवरलाई पक्राउ गरेको छ ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय राजा रानीले साँगुरीगढी गाउँपालिका–५ का २४ वर्षीय विशेष राईलाई २० किलोग्राम गाँजा र बा६४प १४३५ नम्बरको मोटरसाइकल, मोरङको प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका–६ का बिकुल राई र ज्ञानेन्द्र विकलाई तीन ग्राम ५०० मिलिग्राम ब्राउन सुगर र  इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका–६ का प्रदीप मण्डललाई दुई ग्राम ५१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रवक्ता थापाले जानकारी दिए ।

0 Comments