१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

अ+ अ-

तनहुँ । शुक्लागण्डकी नगरपालिका-१० स्थित मालागिरि सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइने भएको छ । यसका लागि रुद्राक्षको बिरुवा रोपन थालिएको छ । अनुसन्धानका क्रममा रुद्राक्ष उत्पादनका लागि उपयुक्त वातावरण देखिएपछि यस स्थानका सामुदायिक वनमा रुद्राक्ष रोपन थालिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

यहाँको सामुदायिक वनको तीन हेक्टर क्षेत्रफलमा पकेट क्षेत्रका रूपमा विकास गर्दै रुद्राक्ष रोपन सुरु गरिएको प्रमुख डिभिजन वन अधिकृत मनोज रानाभाटले जानकारी दिए। “ठूलो परिमाणमा तनहुँमा पहिलो पटक रुद्राक्ष रोपन गर्न थालिएको छ”, उनले भने, “यस क्षेत्रको मागका साथै उत्पादन राम्रो हुने भएपछि पकेट क्षेत्रका रूपमा विकास गर्ने योजनासहित रोपन थालिसकिएको छ ।”

पहिलो चरणमा वनमा ४०० रुद्राक्षका बिरुवा रोपिसकिएको डिभिजन वन अधिकृत अरुण पराजुलीले जानकारी दिए। उनले भने, “पहिलो चरणको रुद्राक्ष रोपन सकिएको छ । मालागिरि सामुदायिक वनलाई रुद्राक्षको पकेट क्षेत्रका रूपमा विकास गर्दै यसलाई धार्मिक वन बनाउने लक्ष्य पनि हो । हिन्दु धर्मावलम्बीका लागि महत्त्वपूर्ण र यसबाट सामुदायिक वनले आयस्तर बढाउन सक्ने अवस्था बन्नेछ ।”

जिल्लाका पहाडी भेगका सामुदायिक वनमा विगत केही वर्षयता परीक्षणका रूपमा रोपण गरिएकोमा रुद्राक्ष सफल भएपछि योजनाबद्ध रूपमा विस्तार गर्न लागिएको पराजुलीले बताए। पूर्वी पहाडी जिल्लाबाट बिरुवा ल्याएर यहाँको वनमा रोपन सुरु गरिएको उनले जानकारी दिए ।

उनका अनुसार सगरमाथा वृक्षारोपण महाअभियानका अवसरमा बृहत् वृक्षारोपण थालिएको हो । मालागिरि सामुदायिक वनको १.९२ हेक्टर क्षेत्रमा एक हजार ७०० बिरुवा रोपन गरिने उनले बताए । पहिलो चरणमा ४०० बिरुवा रोपिएको छ भने बाँकी रोप्न बाँकी रहेको उनले जानकारी दिए ।

सामुदायिक वन उपभोक्ताका अनुसार रुद्राक्ष खेतीबाट वन संरक्षण र स्थानीय रूपमा आम्दानी दुवै बढ्ने अपेक्षा गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । परम्परागत रूपमा दाउरा र घाँसमा निर्भर रहँदै आएको सामुदायिक वन व्यवस्थापनलाई अब आयमूलक वन उपज उत्पादनतर्फ मोड्न रुद्राक्ष सहायक बन्ने उपभोक्ताको अपेक्षा छ ।

स्थानीय तहले धार्मिक क्षेत्रमा रुद्राक्ष रोपन गर्दै आए पनि डिभिजन वन कार्यालयले पहिलो पटक ठूलो परिमाणमा रुद्राक्ष रोपनलाई प्राथमिकता दिएको छ । केही पालिकाले सामुदायिक वनमा नयाँ बिरुवा रोपिरहेका उपभोक्ता समूहलाई प्रोत्साहन, प्राविधिक तालिम र नर्सरी विकासका लागि तालिम दिने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।

हिन्दु धर्ममा पवित्र मानिने रुद्राक्षलाई भगवान् शिवको प्रतीकका रूपमा लिइन्छ । यसको धार्मिक, आध्यात्मिक तथा स्वास्थ्यसम्बन्धी विभिन्न उपयोगिता रहेको विश्वास गरिन्छ । धार्मिक तथा आध्यात्मिक रूपमा माला बनाएर मन्त्र जप गर्नाले मनलाई शान्त र एकाग्र बनाउन सहयोग गर्ने विश्वास छ । तनाव, चिन्ता र मानसिक अशान्ति कम गर्न मद्दत गर्ने, आत्मविश्वास र सकारात्मक सोच बढाउन यसको उपयोगले सहयोग पुग्ने र स्मरण शक्ति सुधार गर्न प्रयोग गरिएको पाइन्छ ।

रक्तचाप सन्तुलित राख्न सहयोग गर्ने परम्परागत विश्वास छ भने मुटुसम्बन्धी स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने र शरीरमा ऊर्जा सन्तुलन कायम राख्न मद्दत गर्ने विश्वाससमेत गरिन्छ । सांस्कृतिक तथा आर्थिक रूपमा नेपालको विशेष गरी पूर्वी पहाडी क्षेत्रमा रुद्राक्षको उत्पादन हुने भएकाले यसको आर्थिक महत्त्व रहेको छ । रुद्राक्ष धार्मिक पर्यटन र व्यापारसँग पनि जोडिएको छ । विभिन्न मुखी (१ मुखीदेखि २१ मुखीसम्म) रुद्राक्षको बजार मूल्य फरक फरक रहेको पाइन्छ ।

0 Comments