१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारको कार्यशैलीप्रति युवराज ज्ञवालीको असन्तुष्टि, संविधान र लोकतान्त्रिक व्यवस्थाप्रति सचेत रहन आग्रह

अ+ अ-

काठमाडौँ ।  नेकपा (एमाले) का पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दुई तिहाइ बहुमतको आडमा मनोमानी ढंगले निर्णय गर्ने प्रवृत्ति लोकतान्त्रिक व्यवस्थाका लागि चिन्ताको विषय बनेको बताएका छन्।

बुधबार पूर्वसांसद मञ्च, नेपालको ६६औँ वार्षिक साधारण सभामा बोल्दै उनले सरकारका पछिल्ला गतिविधिले संविधानको मर्म र लोकतान्त्रिक अभ्यासमा चुनौती सिर्जना गर्न सक्ने अवस्था देखिएको टिप्पणी गरे।

ज्ञवालीले सत्तारुढ दलबाट संघीयता सम्बन्धी व्यवस्था हटाउने आशयको दस्तावेज पारित गरिएको दाबी गर्दै त्यसले संविधानको भविष्यप्रति आशंका उत्पन्न गरेको बताए। उनले यस्ता गतिविधिबाट सरकारको उद्देश्य संविधानको मूल संरचनामाथि नै प्रश्न उठाउने दिशातर्फ उन्मुख भएको हो कि भन्ने शंका बढेको उल्लेख गरे।

प्रधानमन्त्री तथा सरकारले कानुनी र संवैधानिक सीमाभन्दा बाहिर गएर आफूखुसी निर्णय गर्न सक्ने मानसिकता विकसित हुनु लोकतान्त्रिक शासन प्रणालीका लागि गम्भीर चेतावनी हुने उनको भनाइ थियो। साथै, उनले संविधान र लोकतान्त्रिक मूल्य-मान्यताको संरक्षणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याए।

0 Comments