१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक यातायातको भाडा समायोजन गर्न राष्ट्रिय सभाका सदस्यहरूको आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका सदस्यहरूले सार्वजनिक यातायातको भाडा समायोजन, विपद् पूर्व तयारी, सडक सुरक्षा र कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा नेपाली काँग्रेसका कृष्णबहादुर रोकायाले पेट्रोलियम पदार्थको मूल्य घटेको अवस्थामा तत्काल सार्वजनिक सवारीसाधन र हवाई यातायातको भाडा समायोजन गर्न सरकारको ध्यानाकर्षण गराए ।

काँग्रेसकै पदमबहादुर परियारले पछिल्लो एक दशकमा सडक दुर्घटनामा २४ हजारभन्दा बढी नागरिकले अकालमै ज्यान गुमाएका उल्लेख गर्दै सडक सुरक्षामा विशेष ध्यान दिन सरकारलाई सुझाव दिए ।
सोही पार्टीकी विष्णुकुमारी सापकोटाले रुसी सेनामा भर्ना भई युक्रेन युद्धमा १८७ नेपाली नागरिकको मृत्यु तथा ९६ जना बेपत्ता भएको भन्ने खबरप्रति गम्भीर बन्न र कूटनीतिक पहलमार्फत सत्य तथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराइन् ।

काँग्रेसकै विष्णुदेवी पुडासैनीले सुकुम्वासी नागरिकको समस्या समाधान गर्न सरकारसँग आग्रह गरिन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का विष्णुबहादुर विश्वकर्माले आगामी आर्थिक वर्षमा नयाँ सवारीसाधन खरिद नगर्न सुझाव दिए ।

सोही पार्टीका श्रीकृष्णप्रसाद अधिकारीले नुवाकोटको सूर्य गढी गाउँपालिका–१ लच्याङको बुलबुले, काउले र सेम्राङमा जमिन भासिएर ३० परिवार विस्थापित तथा सयौँ घर पहिरोको जोखिममा रहेको जानकारी गराउँदै तत्काल प्रभावितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

सोही पार्टीकी सावित्री मल्लले नवलपरासीको सुस्ता क्षेत्रका नागरिक भूमि रक्षा र नागरिकता प्राप्तिको माग गर्दै माइतीघरमा आन्दोलन गरिरहेको उल्लेख गर्दै सीमासम्बन्धी समस्या समाधान गर्न कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरिन् ।

0 Comments