काठमाडौँ । बैंकिङ समूहका कम्पनीहरूको मूल्यमा आएको वृद्धिको प्रभावले नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार पनि उकालो लागेको छ। यससँगै सेयर बजारले लगातार दोस्रो कारोबार दिन सकारात्मक प्रवृत्ति कायम राखेको छ।
यस दिन नेप्से परिसूचक ८.७८ अंकले वृद्धि भई २ हजार ६६१ अंकमा पुगेको छ। यसअघि बुधबार पनि बजार ४४ अंकले बढेको थियो, जसले लगातार सात कारोबार दिनसम्मको गिरावटपछि सुधारको संकेत दिएको थियो।
दिनभरको कारोबारमा बजार अधिकांश समय दबाबमा रहे पनि अन्तिम करिब ४५ मिनेटमा खरिदकर्ताको सक्रियता बढेपछि परिसूचक सकारात्मक अवस्थामा बन्द भएको हो।
कारोबार रकममा पनि वृद्धि देखिएको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ८६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा बिहीबार यो रकम बढेर ४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।






