१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागको निर्देशन 

अ+ अ-

काठमाडौँ । औषधि व्यवस्था विभागले मुलुकमा औषधि आपूर्ति शृङ्खलामा सुधार गर्नका लागि ६ बुँदे निर्देशन जारी गरेको छ । 

औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले मुलुकमा औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न र बजारलाई व्यवस्थित गर्न स्वदेशी औषधि उत्पादक, पैठारीकर्ता, थोक बिक्रेता तथा खुद्रा बिक्रेतालाई कार्यान्वयनका लागि सो निर्देशन जारी गरिएको बताइन् ।

 निर्देशनअनुसार सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्ना आधिकारिक थोक बिक्रेतासँग लिखित सम्झौता गर्नुपर्ने छ । लिखित सम्झौताबिना कुनै पनि औषधि आपूर्ति वा वितरण गर्न निषेध गरिएको निर्देशनमा उल्लेख गरिएको छ । 

यस्तै सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्ना आधिकारिक थोक बिक्रेताको अद्यावधिक सूची आफ्नो आधिकारिक वेबसाइट प्रकाशित गर्नुका साथै औषधि व्यवस्था विभागको आधिकारिक पोर्टलमा पनि उपलब्ध गराउनुपर्ने छ । 

थोक बिक्रेताले औषधि व्यवस्था विभागमा दर्ता भएका खुद्रा औषधि पसल, सरकारी स्वास्थ्य संस्था, अस्पताल तथा प्रचलित कानुनबमोजिम दर्ता भएका संस्थालाई मात्र औषधि बिक्री  वितरण गर्नुपर्ने छ । सबै खुद्रा बिक्रेताले उत्पादक वा औषधि पैठारीकर्ताद्वारा अधिकृत थोक बिक्रेताबाट मात्र औषधि खरिद गर्नुपर्ने निर्देशनमा भनिएको छ । 

यस्तै अस्पताल, स्वास्थ्य संस्था तथा अन्य संस्थागत खरिदमा प्रयोग हुने औषधिको प्याकेजिङ लेवलिङ्मा ‘संस्थागत आपूर्ति मात्र’ भनेर स्पष्ट रूपमा उल्लेख हुनुपर्दछ । यस्ता औषधि खुद्रा बिक्रीका लागि प्रयोग गर्न निषेध गरिएको निर्देशनमा उल्लेख गरिएको छ । 

आर्थिक वर्ष २०८३/८४ देखि थोक बिक्रेताले औषधि बिक्री वितरण प्रमाणपत्र नवीकरण गर्दा उत्पादक पैठारीकर्ता भएको लिखित सम्झौताको प्रमाणित प्रतिलिपि अनिवार्य पेस गर्नुपर्ने निर्देशनमा उल्लेख छ । 

0 Comments