१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले राजपुर नगरपालिका-५ स्थित जनता (नमूना) माध्यमिक विद्यालयको नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत निर्माण गरिएको प्रि-स्कुल ब्लकको आठ कोठे भवन निर्माणमा अनियमितता भएको निष्कर्ष निकाल्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार निर्माण कार्यमा वास्तविकभन्दा बढी काम भएको देखाई झुट्टा बिल, भरपाई तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी ११ लाख १० हजार ११४ रुपैयाँ ५७ पैसाबराबरको रकम गैरकानुनी रूपमा भुक्तानी लिने–दिने कार्य भएको पाइएको छ। यसबाट नेपाल सरकार तथा विद्यालयको कोषलाई हानि पुर्‍याइएको आयोगको दाबी छ।

मुद्दामा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर, तत्कालीन इन्जिनियर मोहम्मद शाह फैसल, जनता (नमूना) माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विजयकान्त मिश्र तथा विद्यालयका लेखापाल शेख जहिरलाई प्रतिवादी बनाइएको छ।

आयोगले चारै जनाविरुद्ध ११ लाख १० हजार ११४ रुपैयाँ ५७ पैसा बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ङ) अन्तर्गत कैद, बिगोबमोजिम जरिवाना र बिगो असुलउपरको मागदाबी गरेको छ। साथै तत्कालीन इन्जिनियर फैसलविरुद्ध झुट्टा प्राविधिक प्रतिवेदन तयार गरेको आरोपमा भ्रष्टाचार निवारण ऐनको दफा १९(२) अन्तर्गत थप सजायको मागसमेत गरिएको छ।

आयोगका अनुसार राजपुर नगरपालिकाको २०७५ फागुन ३ गतेको निर्णयअनुसार नमूना विद्यालय विकास कार्यक्रमका लागि बहुवर्षीय गुरुयोजना स्वीकृत गरी विद्यालयका प्रधानाध्यापकको अध्यक्षतामा भौतिक संरचना निर्माण समिति गठन गरिएको थियो। पछि निर्माण सम्पन्न भएको भन्दै वास्तविकभन्दा बढी रकमको प्राविधिक मूल्याङ्कन तयार गरी थप बजेट माग गर्ने निर्णयसमेत गरिएको थियो।

तर आयोगले गरेको स्थलगत नापजाँचमा मुल्यांकनभन्दा ११ लाख १० हजार रुपैयाँभन्दा बढी रकम बराबरको निर्माण कार्य नभएको पुष्टि भएपछि संलग्न पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको जनाएको छ।

0 Comments