१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणी अस्पतालमा सुलभ फार्मेसी सेवा सुरु, सरकारी अस्पतालमै सहुलियत दरमा औषधि उपलब्ध हुने

अ+ अ-

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने उद्देश्यसहित सुलभ फार्मेसी सञ्चालनमा ल्याइएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा उक्त सेवा सुरु गरिएको हो। यो कार्यक्रम नेपाल सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने योजनाअनुसार कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ।

मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको निर्णयअनुसार अघि बढाइएको कार्यक्रममार्फत उपचारका लागि अस्पताल आउने सेवाग्राहीले आवश्यक औषधि बजार मूल्यभन्दा सहुलियत दरमा अस्पतालबाटै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

मन्त्रालयका अनुसार यसबाट बिरामीको उपचार खर्च घट्नुका साथै गुणस्तरीय औषधिमा सर्वसाधारणको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।

यसैबीच, नारायणी अस्पतालमा क्याथ ल्याब मेसिन जडानको काम पनि सुरु भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले शासकीय सुधार कार्यसूची कार्यान्वयनका क्रममा देशभरका सरकारी अस्पतालमा चरणबद्ध रूपमा सुलभ फार्मेसी सेवा विस्तार गर्ने योजना रहेको जनाएको छ।

0 Comments