काठमाडौँ । डाँका चोरी मुद्दामा पक्राउ परेका र केन्द्रीय कारागार कार्यालयबाट फरार भएका एक प्रतिवादी सर्लाहीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–१ निवासी २६ वर्षीय रमन भनिने रामलाल योन्जन रहेका छन्।
प्रहरीका अनुसार उनी २०८२ भदौ २४ गते भएको जेन जेड आन्दोलनका क्रममा जगन्नाथदेवलस्थित केन्द्रीय कारागार कार्यालय, काठमाडौँबाट फरार भएका डाँका चोरी मुद्दाका प्रतिवादी हुन्। फरार रहेकै अवस्थामा खोजतलास जारी रहेकामा उनलाई सर्लाहीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।






