काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय तथ्यांक कार्यालय, थापाथलीले करार सेवामा जनशक्ति माग गरेको छ ।
कार्यालयले सोमवार सूचनामार्फत राष्ट्रिय आर्थिक गणना, २०८२ को संकलित फारामहरूको कोडिङ, एडिटिङ र तथ्यांक प्रविष्टि (डाटा इन्ट्री)कार्यका लागि कर्मचारी आह्वान गरेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त फाराम भर्नुपर्ने कार्यालयले जनाएको छ ।








