काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारस्थित पूर्व-पश्चिम राजमार्गमा वीरगञ्जबाट लमजुङतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। ना ५ ख ५३१९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सवार १६ मध्ये घाइते ५ जनालाई उद्धार गरी उपचारका लागि मनहरी अस्पतालमा पठाइएको र त्यहाँबाट चितवन रिफर गरिएको छ ।
प्रहरीका अनुसार, बस चालक, सर्लाहीका ३९ वर्षीय भीम बहादुर बिक, यात्रुहरू चितवन, भरतपुर–४ का ३० वर्षीय संजय तामाङ, पर्सा, परवानीपुरका ५४ वर्षीय मोहम्मद आजाद, बारा, देवताल–१ का २३ वर्षीय राजकुमार राम र भारत, मोतिहारीका २५ वर्षीय सुदिर कुमारको घाइते भएका छन् ।







