धनुषा । सशस्त्र प्रहरी बल, नेपालले धनुषा जिल्लाको सीमावर्ती क्षेत्रबाट साढे दुई लाख रुपैयाँ बराबरको अवैध सामान र मोटरसाइकल बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पी. देवडिहाबाट खटिएको विशेष टोलीले बुधवार धनुषा जिल्लाको नगराइन नगरपालिका–६, लग्मास्थित सीमावर्ती क्षेत्रबाट उक्त अवैध सामग्रीहरू नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीको टोलीले अवैध रूपमा भन्सार छली ल्याइँदै गरेका विभिन्न सामग्रीहरू र तिनलाई ओसारपसार गर्न प्रयोग गरिएको मोटरसाइकल बरामद गरेको छ। बरामद गरिएका सम्पूर्ण सामान र मोटरसाइकलको कुल अनुमानित बजार मूल्य रुपैयाँ २ लाख ७ हजार ६ सय बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ।
अवैध सामान र मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ।







