२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकका दैनिक समस्या समाधानमा सरकार केन्द्रित हुनुपर्नेमा सांसद कुँवरको जोड

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले सुशासन र सार्वजनिक सेवा सुधारसँगै नागरिकको दैनिक जीवनसँग जोडिएका आधारभूत समस्यालाई समेत सरकारले प्राथमिकतामा राख्नुपर्ने बताएकी छन्।

बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद कुँवरले सरकार गठन भएको सय दिन पूरा भएको उल्लेख गर्दै सुशासन र प्रभावकारी सेवा प्रवाहको सन्देश दिन सफल भएको भन्दै धन्यवाद व्यक्त गरिन्।

उनले सरकारले सुधारका दीर्घकालीन योजना अघि बढाइरहे पनि सर्वसाधारणले भोगिरहेका तत्कालीन समस्या समाधानतर्फ थप ध्यान दिनुपर्ने धारणा राखिन्।

सांसद कुँवरले रुपन्देही क्षेत्र नम्बर १ का धेरै महिलाले बढ्दो बजार मूल्य र दैनिक उपभोग्य सामग्रीको महँगीका कारण घरपरिवार सञ्चालनमा कठिनाइ भइरहेको गुनासो गर्ने गरेको जानकारी दिइन्।

उनले कृषि कार्यमा संलग्न नागरिकले समेत विभिन्न समस्या भोगिरहेको बताइन्। असार महिनामा दिनभर खेतबारीको काम सकेर घर फर्किएका किसानले नियमित विद्युत् आपूर्ति नहुँदा थप कठिनाइ झेल्नुपरेको उनको भनाइ थियो। विद्युत् अवरोधका कारण साँझको समयमा बालबालिकाको हेरचाह र दैनिक कामकाज प्रभावित हुने गुनासो नागरिकबाट आएको उनले संसदमा जानकारी गराइन्।

सांसद कुँवरले शुल्क तिरेर पनि अपेक्षित सेवा प्राप्त गर्न नसक्ने अवस्था र अर्कोतर्फ बढ्दो महँगीले नागरिकको जीवनयापनमा दबाब सिर्जना गरेको बताइन्।

उनले सरकारलाई सुशासन र समृद्धिको लक्ष्य अघि बढाउँदै गर्दा नागरिकले तत्काल अनुभूति गर्ने दैनिक जीवनका समस्या समाधानमा पनि समान रूपमा ध्यान दिन आग्रह गरिन्।

Leave a Reply