२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान संशोधनलाई सत्ता समीकरणको विषय नबनाउन एमालेको आग्रह

अ+ अ-

काठमाडौँ । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले संविधान संशोधनको विषयलाई राजनीतिक स्वार्थ वा तत्कालीन सत्ता समीकरणसँग जोडेर अघि बढाउन नहुने बताएकी छन्।

प्रतिनिधि सभा बैठकमा बोल्दै उनले एमाले संविधान संशोधनको अवधारणाको विरोधमा नरहेको स्पष्ट पार्दै संविधानका मूल आधार र व्यवस्थालाई असर पर्ने गरी कुनै परिवर्तन स्वीकार्य नहुने धारणा राखिन्।

उपनेता अर्यालले संविधान मुलुकको ऐतिहासिक संघर्ष, जनआन्दोलन र जनताको सार्वभौम अधिकारबाट स्थापित दस्ताबेज भएको उल्लेख गर्दै यसको संशोधन प्रक्रिया व्यापक सहमति र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढाइनुपर्ने बताइन्।

उनले पछिल्लो राजनीतिक अभ्यासले संवैधानिक सर्वोच्चता, शक्ति सन्तुलन, नागरिक स्वतन्त्रता र शासन प्रणालीका आधारभूत मान्यतामा प्रश्न उठाउने अवस्था सिर्जना गरेको टिप्पणी गरिन्।

सरकारले सुशासन, विकास, मानव अधिकार तथा राष्ट्रिय हितका विषयमा पर्याप्त गम्भीरता नदेखाएको आरोप लगाउँदै उनले राज्य सञ्चालनमा देखिएका कमजोरीप्रति एमालेको ध्यानाकर्षण रहेको बताइन्।

यसैगरी, प्रधानमन्त्रीबाट भारतसँग सम्बन्धित सीमा विषयमा व्यक्त धारणा नेपालको ऐतिहासिक दृष्टिकोण र राष्ट्रिय स्वाधीनताको भावनासँग मेल नखाने उनको भनाइ थियो। उनले सरकारको परराष्ट्र नीतिमा समेत स्पष्टता आवश्यक रहेको उल्लेख गरिन्।

Leave a Reply