काठमाडौँ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा एक शिक्षकविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज जनता माध्यमिक विद्यालय, वेतहा भवानीपुर, सिरहामा मा. वि. तृतीय श्रेणीमा शिक्षकको रूपमा कार्यरत गुन्जेश्वर मण्डल उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आरोपमा मुद्दा दायर गरेको हो ।








