काठमाडौँ । लागू औषध नियन्त्रण ब्युरोको टोलीले अवैध लागू औषध ब्राउनसुगरसहित काठमाडौँ चन्द्रागिरिबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुरगढीका सुवास विक रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए ।
लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको टोलीले उदयपुर गाईघाटबाट काठमाडौँतर्फ आउँदै गरेको बसमा सवार उनलाई अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।







