२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नुपर्ने

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई सुझाव दिएका छन् । 

प्रतिनिधि सभाको आजको बैठकमा संसदीय दलका तर्फबाट आफ्नो धारणा राख्दै उनले लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र मौलिक अधिकारलाई सुदृढ बनाउन संविधान संशोधन गर्न सकिने बताए ।

सांसद हमालले संविधान संशोधनसम्बन्धी बहस नोट तयार गर्न गठित कार्यदलबाट आफ्नो पार्टी अलग भएको सदनलाई जानकारी गराउनुभयो । यद्यपि उनले आफूहरू संविधान संशोधनसम्बन्धी आधारभूत विषयमा असहमत नरहेको स्पष्ट गरे । 

राज्य सत्ता सञ्चालन, कानुन निर्माण, संघीयताको सुदृढीकरणलगायत विषयमा संशोधन गर्न सकिने बताउँदै   त्यसका निमित्त राष्ट्रिय सहमतिको आवश्यकता भएकामा उनको जोड थियो । 

लोकतन्त्रका संरचनामाथि बन्देज लगाउन हुनेमा जोड दिँदै सांसद हमालले विद्यार्थी सङ्गठन र कर्मचारी ट्रेड युनियनलाई खारेज गर्न नहुने तथा सरकारले तत्कालको आवश्यकता संशोधन गर्न अध्यादेश ल्याउन पाउने संवैधानिक व्यवस्था भए पनि संसद् छलेर अध्यादेश जारी गर्ने परम्पराले संसदीय अभ्यास कमजोर हुने बताए । 

Leave a Reply