९ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् संकटग्रस्त म्याग्दीका स्थानीय तहलाई अनुदान

अ अ+ अ-

काठमाडौँ । सरकारले विपद् संकटग्रस्त म्याग्दीका छ वटा स्थानीय तहलाई पहिलो चरणमा रु दुई करोड ४० लाख अनुदान उपलब्ध गराएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले म्याग्दीका छ वटा स्थानीय तहलाई रु. ४०-४० लाखका दरले अनुदान पठाएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले विपद् व्यवस्थापनको अत्यावश्यक काम गर्नका लागि संघीय सरकारले प्राधिकरणमार्फत स्थानीय तहलाई अनुदान पठाएको जानकारी दिए । 

सरकारले गत असोज २२ गते बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । “विपद् संकटग्रस्त पालिकालाई आधारभूत काम गर्नका लागि सरकारले अनुदान पठाउन थालेको छ”, प्रजिअ गैरेले भने, “पुन:निर्माणका लागि स्थानीय तहले माग गरेका योजनाका लागि सरकारले कार्यविधिअनुसार बजेट उपलब्ध गराउनेछ ।” 

गत असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढी पहिरोले म्याग्दीमा सात जनाको मृत्यु, दुई जना बेपत्ता हुनुका साथै सडक, निजी आवास, सिँचाइ, नदी नियन्त्रण, खानेपानी, विद्युत्, जलविद्युत्, सञ्चार, पदमार्गलगायत भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति पुगेको छ । 

विपदबाट घरवास गुमाएकाको लाभग्राही कायम गरी सरकारले उपलब्ध गराउने तीन महिने राहत प्याकेज वितरणको प्रक्रिया थालिएको प्रजिअ गैरेले बताए । सरकारले तीन महिनासम्मका लागि अस्थायी बसोबासको व्यवस्थासहित रु. १५ हजारका दरले राहत प्याकेज उपलब्ध गराउने उनले बताए । 

पहिरोको जोखिममा रहेका बस्तीको अध्ययनका लागि भूवर्गविद्हरूको टोली यसै हप्ता म्याग्दीमा आउने पनि प्रशासनले जनाएको छ । जिल्लाभर १११ घर पूर्णरूपमा क्षति भई परिवार विस्थापित भएका छन् । ९३ घरमा आंशिक क्षति पुगेको छ भने तीन सय ४२ घर पहिरोको उच्च जोखिममा रहेका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए । 

0 Comments