२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संवैधानिक नियुक्तिमा भागबण्डा स्वीकार्य नहुने गगन थापाको भनाइ

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संवैधानिक निकाय तथा राज्यका विभिन्न तहमा हुने नियुक्तिलाई राजनीतिक भागबण्डाबाट मुक्त गर्नुपर्ने बताएका छन्। उनले काँग्रेसले अब कुनै पनि नियुक्तिमा भागबण्डा नगर्ने र त्यसको अपेक्षा पनि नराख्ने स्पष्ट पारे।

बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली काँग्रेसको दृष्टिकोण’ विषयक विचार गोष्ठीमा बोल्दै थापाले संवैधानिक निकायमा नियुक्तिको आधार राजनीतिक सहमति वा भागबण्डा नभई योग्यता, कार्यक्षमता र पारदर्शिता हुनुपर्ने धारणा राखे।

उनले संवैधानिक परिषद्को वर्तमान संरचना र नियुक्ति प्रणालीमाथि पुनरावलोकन आवश्यक रहेको उल्लेख गर्दै नियुक्ति प्रक्रियालाई थप विश्वसनीय, निष्पक्ष र पारदर्शी बनाउने विषयमा खुला बहस हुनुपर्ने बताए।

थापाले न्यायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायका पदाधिकारी नियुक्तिको विद्यमान प्रणालीबारे व्यापक छलफल गरी आवश्यक सुधारको दिशामा अघि बढ्नुपर्नेमा जोड दिए।

उनका अनुसार संविधान संशोधनका सन्दर्भमा काँग्रेसले संरचनागत सुधारलाई प्राथमिकतामा राख्दै संवैधानिक निकायहरूको नियुक्ति प्रक्रिया थप शुद्ध, पारदर्शी र विश्वासयोग्य बनाउने विषयलाई आफ्नो दृष्टिकोणमा समेट्ने तयारी गरेको छ।

Leave a Reply