२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्ताङमा एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

अ+ अ-

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को एक वर्षमा लेक लागेर दश भारतीय नागरिकसहित १६ जनाको मृत्यु भएको छ ।

प्रदेश अस्पताल जोमसोमका अनुसार चालु वर्षको साउनदेखि हालसम्म मुस्ताङ भ्रमणमा आएकामध्ये दश भारतीय, पाँच नेपाली र एक जना मेक्सिकोका नागरिकको पर्वतीय ‘हाईअल्टिच्युड’का कारण लेंक लागेर निधन भएको हो ।

गत भदौ र असोजमा एक-एक, कात्तिकमा तीन, मङ्सिरमा दुई, चैतमा दुई, वैशाखमा चार र जेठ महिनामा तीन जनाको लेक लागेर ज्यान गएको मेडिकल सुपरिटेन्डेन्ट डा. समीक्षा कँडेलले जानकारी दिइन् । हाईअल्टिच्युडका कारण लेक लागेर मृत्यु हुनेमा ५० वर्षदेखि ८४ वर्ष उमेर समूह पर्यटक तथा तीर्थयात्री रहेको उनले जानकारी दिइन् । 

गत आव २०८१/०८२ मा लेक लागेर नौ जनाको मृत्यु भएको थियो । त्यस आर्थिक वर्षमा पाँच भारतीय, तीन नेपाली र एक जना अमेरिक नागरिकले लेक लागेर ज्यान गुमाएका हुन् । मुस्ताङ पुगेका पर्यटक तथा तीर्थयात्रीले स्वास्थ्य सुरक्षामा आवश्यक सावधानी नअपनाउँदा मानवीय क्षति हुन पुगेको हो ।

देश तथा विदेशका समथर ठाउँबाट हिमाली जिल्लामा यात्रा गर्ने पर्यटक तथा दर्शनार्थीलाई हाईअल्टिच्युडका कारण अक्सिजनको लेबल कम भई लेक लाग्ने समस्या देखिन गरेको डा. कँडेलले बताइन् । 

मुस्ताङ आउने पर्यटकमध्ये शारीरिक रूपले अशक्त, ज्येष्ठ नागरिक र दीर्घरोगका नियमित औषधि सेवन गर्ने पर्यटकलाई हाईअल्टिच्युडको जोखिम उच्च रहने गरेको छ ।

 हाईअल्टिच्युडको जोखिम न्यूनीकरणका लागि मुस्ताङमा एक्याप, प्रदेश स्वास्थ्य कार्यालय, अस्पताल, स्थानीय निकाय, मुक्तिनाथ विकास समिति र सुरक्षा निकायले पर्यटक सचेतनामूलक होर्डिङ बोर्ड, पर्चा पम्प्लेट वितरण लगायतका कार्य गर्दै आइरहेका छन् । 

म्याग्दी र मुस्ताङको सीमानाका घाँसादेखि लेते, खन्ती, मार्फा, जोमसोम, कागबेनी र मुक्तिनाथलगायतका स्थानमा हाईअल्टिच्युडसम्बन्धी सचेतनामूलक बोर्ड राखिएको छ । मुस्ताङ प्रवेश गर्ने पर्यटकलाई होल्डिङ गर्दै यात्रा गराउन पर्नेमा मुक्तिनाथ पुर्‍याइदा लेक लाग्ने जोखिम बढेको हो ।    

अस्पतालले तीर्थयात्री तथा पर्यटकलाई यातायात व्यवसायी, पर्यटन व्यवसायी र ट्राभल एजेन्सीले हाईअल्टिच्युडका सम्बन्धमा समयमै ज्ञान दिलाउन पर्ने आवश्यकता औँल्याइएको छ ।

पर्यटकको स्वास्थ्य रक्षाका लागि प्रदेश अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले मुक्तिनाथ मन्दिर परिसरमा हाईअल्टिच्युड उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ । 

मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेष भुसालका अनुसार मुक्तिनाथ मन्दिरमा अक्सिजनसहित दुई जना हेल्थ असिस्टेन परिचालित भइरहेको जानकारी दिए।

Leave a Reply