२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपक्ष दलका सांसदहरूलाई गृहमन्त्रीले भने: ‘आफू जनताको सेवा नगर्ने अनि मलाई स्टन्टबाज भन्ने ?’

अ+ अ-

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न सरकारमा नआएको बताएका छन् । गणेश नेपाली मृत्यु प्रकरणबारे जानकारी दिन शुक्रवार संसद्को रोष्टममा समय लिएर पुगेका उनले उक्त घटनामा कति जना अस्पताल पुग्नुभयो ? भनी विपक्ष दलका सांसदहरूलाई प्रश्न पनि गरे। 

ठाउँमा पुगेर जनताको सेवा गर्न नसक्ने तर सदन जनताको सेवा गर्छु भनेर चिच्याएर मात्रै नहुने गृहमन्त्री गुरुङको भनाई थियो । उनले आफूहरूले ठाउँमा गएर जनताको सेवा गर्दा त्यसलाई विपक्ष दलका सांसदहरूले स्टन्टबाजी भनेकोमा आपत्ति जनाउँदै आफूलाई कुनै पनि कुरामा स्टन्टबाजी गर्ने इच्छा नभएको बताए । 

आफूहरू देशको सेवा गर्न आएको र देशलाई दुर्घटनामा जान नदिन सावधानीपूर्वक काम गरिरहेको गृहमन्त्री गुरुङको दाबी थियो । उनले भने,‘मैले धेरै माननीयज्यूहरू देखेँ-उठेर सदनमा घाँटी सुक्ने गरी चिच्याइरहनुभएको थियो । यो देखेँ मैले । यो भन्दै गर्दा हामी गृह मन्त्रालयका बसेर के गर्ने होला, कसो गर्ने होला, कसरी उहाँहरूलाई सान्त्वना दिने होला रु के के गर्ने, कसरी मिलाउने होला रु भनेर एउटा टिम बनाएर छलफल गरिरहेका थियौ । म यो सम्मानित सदनलाई सोध्न चाहन्छु–कति जना हुनुहुन्थ्यो रु हिजो त्यो हस्पिटलमा । जति जनताले घाँटी चिच्याएर कराउनुभएको छ आज । घाँटी चिच्याएर कराएर मात्रै हुँदैन यहाँ सदनमा मात्रै । जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन । त्यो मुखले बोलेको पचासौँ वर्ष भइसक्यो । हामीले हातले गर्नु पर्दछ । ठाउँमा गएर गर्नुपर्दछ । आफ्नो जनताको सेवा ठाउँमा गएर गर्न सक्नु पर्दछ । उहाँहरूको पीडा बुझेर गर्नुपर्दछ । त्यसलाई तपाईँहरू स्टन्टबाजी भन्नु हुन्छ । मलाई यहाँ इच्छा छैन कसैका लागि स्टन्टबाजी गर्नलाई । आफ्नो देशको सेवा गर्न आएको हो । जानीजानी अन्जानमा होस आफूले सक्ने, नसक्ने हामीले गरेर हातमा पानी राखेर बिस्तारै हिँड्दै हिँड्दै हामी यहाँसम्म आएको हो । पोख्लाकी, पोख्लाकी, देश दुर्घटनामा जालाकी भनेर । त्यसलाई तपाईँले स्टन्टबाजी भन्नुहुन्छ ।’

गृहमन्त्री गुरुङले जनताको सेवा गर्छु भनेर मुखले भनेको पचासौँ वर्ष बितिसक्दा पनि केही नभएर भन्दै विपक्ष दलका सांसदहरूप्रति कटाक्ष पनि गरे ।

Leave a Reply