काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्स (युएई) का वैदेशिक व्यापार मन्त्री थानी अहमद अल जेयुदी नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।
शुक्रबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा नेपाल-युएई द्विपक्षीय सम्बन्ध तथा साझा हित र चासोका विविध विषयमा विचार आदानप्रदान भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
राष्ट्रपतिको कार्यालयका अनुसार भेटमा दुई देशबीचको आपसी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो।







