काठमाडौँ । रुपन्देहीको मायादेवी गाउँपालिका-५, गुवानिया चोक नजिकबाट लागुऔषध ब्राउन सुगर, १ थान पेस्तोल र २ राउन्ड गोलीसहित १ जनालाई नियन्त्रणमा लिइएको छ ।
भारत, उत्तर प्रदेश, अमेठी घर भएका अन्दाजी ५० वर्षीय एकवाल खानलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिने क्रममा उनले प्रहरीमाथि पेस्तोल ताकी कार्यसम्पादनमा अवरोध गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो ।
फायरिङका क्रममा उनको देब्रे खुट्टाको पिँडौलामा गोली लागी घाइते भएका थिए । उपचारपछि उनी अस्पतालबाट डिस्चार्ज भई हाल प्रहरी हिरासतमा रहेका छन् ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







