२७ असार २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ’-मुख्यमन्त्री पाण्डे

अ+ अ-

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका कामले गति लिएको बताएका छन् । गोरखाको शहीद लखन गाउँपालिका–१ र गोरखा नगरपालिका–१२ जोड्ने लुदीखोला मोटरवेल पुलको आज यहाँ उद्घाटन गर्दै उनले निर्धारित समयमा विकास निर्माणका आयोजना सम्पन्न हुनु सुशासनको पहिलो जग भएको बताए ।

गोरखाको रणनीतिक ग्रामीण सडकखण्डको रूपमा रहेको स्याउली बजार–भट्ट फाँट–मनकामना सडक खण्डमा नवनिर्मित मोटरेवल पुल निर्माण सुरु भएको आठ महिनाभित्रै काम सक्नुले पनि सकारात्मक सन्देश दिएको मुख्यमन्त्री पाण्डेको भनाइ छ । “विकास निर्माणका आयोजनाहरू बर्सौँ अलपत्र पर्ने परिपाटीका बीच निर्धारित समय अघि काम सम्पन्न हुनु निर्माण व्यवसायी, पूर्वाधार विकास कार्यालय, प्राविधिक टोली तथा सबै पक्षको प्रतिबद्धता, समन्वय र कार्यक्षमताको उत्कृष्ट उदाहरण हो”, उनले भने, “वर्तमान प्रदेश सरकारको सुशासन र विकासप्रतिको प्रतिबद्धता पनि यहीँ हो ।”

पूर्वाधार विकास कार्यालय गोरखासँग विसं २०८२ असारमा पुल निर्माणको ठेक्का सम्झौता भएर असोजदेखि काम सुरु भएको थियो । कार्यालयले पुल निर्माणका लागि गणेशकुण्ड इन्फ्रास्ट्रक्चर एण्ड विल्डर्स प्रालिसँग रु. सात करोड ५१ लाख ३० हजार ८५९ मा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।

नवनिर्मित पुल कुल ६० मिटर लम्बाइको छ । ठेकेदार कम्पनीले निर्माण अवधि सकिनुभन्दा १२ महिना अघि सुम्पन गरेको हो । पुल निर्माण सम्पन्न भएसँगै गोरखा नगरपालिका र शहीद लखन गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सहज भएको छ । पुल नहुँदामा हिउँदमा मात्र जसोतसो गाडी चल्ने उक्त सडक खण्डमा अब बाह्रै महिना निर्वाधरुपमा सवारी साधन सञ्चालन हुने अवस्था बनेको स्थानीयवासीको भनाइ छ ।

Leave a Reply