२९ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरोले मेची राजमार्ग अवरुद्ध 

अ+ अ-

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक सडक बन्द भएपछि इलाम, पाँचथर र ताप्लेजुङको आवागमन ठप्प भएको छ । यातायात अवरुद्ध भएसँगै बिरामी, यात्रु र मालवाहक ढुवानीसमेत प्रभावित बनेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीका अनुसार इलाम नगरपालिका–९ राजदुवालीमा पुरानै पहिरो थप धस्सिएर सडक बगेपछि कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था छैन । 

“गोदक–जोगमाई–तिल्केनी सडकमा रहेको डाइभर्सनमाथिबाट बाढी बगेपछि यो वैकल्पिक मार्ग पनि बन्द भएको छ”, उनले भने, “केचना–कञ्चनजंघा मार्गअन्तर्गत पुवाखोलाको डाइभर्सन डुबानमा परेपछि उक्त सडकबाट यातायात सञ्चालन हुन सकेको छैन ।”

डिभिजन सडक कार्यालय इलामका प्रमुख पवन भट्टराईले वर्षा रोकिएका बेला सडक मर्मतको काम भइरहे पनि लगातारको वर्षाले काम प्रभावित भएको बताए । जोगमाई र पुवाखोलामा बेलीब्रिज जडानको तयारी रहे पनि भारतबाट सामग्री र प्राविधिक आउने मिति अझै निश्चित नभएकाले तत्काल समाधान हुने अवस्था नरहेको उनको भनाइ छ ।

यातायात अवरुद्ध भएपछि इलाममा मालवाहक सवारीसाधन प्रवेश गर्न नसकेको इलाम उद्योग वाणिज्य संघले जनाएको छ । संघका अध्यक्ष चेतनाथ पौडेल (कृष्ण)का अनुसार व्यवसायीले साना सवारीमा सामान ओसारेर दैनिक आवश्यकताको जोहो गरिरहेका थिए, तर वैकल्पिक मार्गसमेत बन्द भएपछि इन्धन र खाद्यान्नको अभाव हुन सक्ने जोखिम बढेको छ । “सडक सञ्चालनलाई प्राथमिकतामा राखेर सम्बन्धित निकायले तत्काल प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।” उनले भने ।

मेची क्षेत्रको मुख्य जीवनरेखा मानिने मेची राजमार्गको राजदुवाली खण्ड विगत तीन वर्षदेखि बर्खायाममा निरन्तर पहिरोको उच्च जोखिममा पर्दै आएको छ । करिब आधा किलोमिटर सडक बारम्बार धस्सिने समस्याले यस वर्ष पनि यातायात सञ्चालनमा गम्भीर असर पुर्‍याएको छ । पुवाखोला र कोल्बुङ क्षेत्रमा समेत पहिरोको जोखिम कायम रहेकाले थप वर्षा भए आवागमन अझ प्रभावित हुन सक्ने स्थानीयको भनाइ छ ।

सडकको दुःखले यातायात व्यवसायी पिरमा छन् । “हरेक दिन सडक खुल्छ कि भन्ने आशामा निस्कन्छौँ । तर पानी परेपछि फेरि सबै बन्द हुन्छ”, इलाम नगरपालिका–७ का सवारी चालक निङ्मा शेर्पाले भने, “गाडीको किस्ता, इन्धन र घरखर्च धान्नै गाह्रो भएको छ ।”

Leave a Reply