२९ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल बैंकद्वारा ग्रामीण विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण

अ+ अ-

रसुवा । नेपाल बैंक लिमिटेड धुञ्चे शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पहिलो पटक दुर्गम क्षेत्रका सात विद्यालयका ९२ जना विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

दुर्गम क्षेत्रका विद्यार्थीको मनोबल बढाउने उद्देश्यले पहिलो पटक रसुवाका सामुदायिक विद्यालयका छात्रछात्रालाई पोसाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको शाखा प्रबन्धक कृष्ण तामाङले जानकारी दिए ।

बैंकले भीमली आधारभूत विद्यालय, पार्वतीकुण्ड आधारभूत विद्यालय गतलाङ, गोसाइँकुण्ड आधारभूत विद्यालय, आमाछोदिङ्मो, कोमिन श्यामे वाङ्फेल माध्यमिक विद्यालय स्याफ्रुबेँसी, लिङलिङ प्राथमिक विद्यालय र रसुवा माध्यमिक विद्यालय धुञ्चेमा अध्ययनरत विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री प्रदान गरेको हो ।

यसै सन्दर्भमा विद्यालयहरूका तर्फबाट कोमिन श्यामे वाङ्फेल माविका प्रधानाध्यापक किशोरकुमार पुरकोटीले सदैव रकम कारोबार गर्ने बैंकले पोसाक तथा शैक्षिक सामग्री उपलब्ध गराएर हिमाली तथा दुर्गम क्षेत्रका विद्यार्थीको मनोबल बढाएकामा धन्यवाद व्यक्त गर्दै सामाजिक उत्तरदायित्व कार्यक्रमलाई शैक्षिक कार्यक्रमसँग जोड्न अनुरोध गरे ।

प्रबन्धक तामाङका अनुसार २०३३ सालमा पहिलो बैंकका रूपमा जिल्ला सदरमुकाम धुन्चेमा विस्तार भएको सो शाखाले आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै अधिकांश काम पाँच मिनेटभित्र सम्पन्न गर्ने गरी आवश्यक प्रबन्ध गरेको छ ।

जिल्लाको पुरानो सदरमुकाम स्याफ्रुबेँसीमा ‘काउण्टर’ रहेको सो बैंकको धुन्चे शाखाअन्तर्गत करिब १३ हजार निक्षेपकर्ता, ६०० भन्दा बढी कर्जा ग्राहक र पाँच हजार भन्दा बढी ग्राहक रहेको खजाञ्ची प्रकाश ढकालले जानकारी दिए ।

यसैगरी, धुन्चे शाखाका सहायक प्रबन्धक नारायणप्रसाद अधिकारीका अनुसार छिटोछरितो सेवा प्रवाह गरी जिल्लामा रहेका विभिन्न १७ वटा बैंक तथा वित्तीय संस्थालाई ‘नोट’ प्रवाह गर्ने, सबै सरकारी कार्यालयलाई भुक्तानी दिने तथा राजस्वबापत संकलित रकम राख्ने जिम्मेवारी कुशलतापूर्वक बहन गरेका भनी सेवाग्राहीबाट खुसी व्यक्त गरिएको छ ।

देशकै पहिलो बैंकका रूपमा १९९४ सालमा स्थापना भएको नेपाल बैङ्कको देशका ७२ वटा जिल्लामा शाखा कार्यालय रहेको छ ।

Leave a Reply