काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्ने अवधि पुनः थप गरिएको छ।
विशेष अदालत, काठमाडौँका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सोमबार पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। योसँगै पौडेलको हिरासत अवधि पाँचौँ पटक विस्तार भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइरहेको छ। अनुसन्धान प्रक्रिया पूरा नभएकाले विभागले थप समय हिरासतमा राख्न अदालतसँग अनुमति माग गरेको थियो।
यसअघि असार २४ गते अदालतले पौडेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो। पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो।







