काठमाडौँ । दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति युन सुक-योललाई राजनीतिक कोष ऐन उल्लंघन गरेको अभियोगमा दुई वर्षको कारावास सजाय सुनाएको छ ।
सियोल केन्द्रिय जिल्ला अदालतले पूर्व राष्ट्रपति युनले स्वघोषित राजनीतिक दलाल म्युङ ताए–क्युनबाट १४ पटक नि:शुल्क जनमत सर्वेक्षणको सुविधा लिएको ठहर गर्दै उक्त फैसला सुनाएको हो ।
अदालतका अनुसार सन् २०२२ को राष्ट्रपतीय निर्वाचनका क्रममा म्युङले गरेको सहयोगको बदलामा युनले संसदीय निर्वाचनको उम्मेदवार मनोनयन प्रक्रियामा आफ्नो प्रभाव प्रयोग गरेका थिए ।
युन र उनकी पत्नी किम केओन–ही संलग्न भ्रष्टाचारका आरोपहरूको अनुसन्धान गरिरहेका स्वतन्त्र काउन्सिलका प्रमुख मिन जोङ–कीले पूर्व राष्ट्रपतिलाई चार वर्षको जेल सजाय माग गरेका थिए । यद्यपि, अदालतले उनलाई दुई वर्षको सजाय तोकेको छ ।







