३१ असार २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिँचाइ सुविधा पुगेपछि आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

अ+ अ-

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङस्थित खेतमा यसपालि असार दोस्रो सातामै रोपाइँ गरे। 

“आकासे पानी पर्खिँदा बीउ छिप्पिएपछि साउनमा रोपाइँ गर्नुपर्ने समस्या थियो”, उनले भने, “पक्की नहर बनेपछि समयमै धान रोपाइँ गर्न पाएका छौँ ।” बेल्फी लुरवाङ सिँचाइ योजना निर्माण सम्पन्न भएपछि तुलप्रसादजस्तै बिमका किसानलाई लुरवाङ फाँटमा धान रोपाइँका लागि आकासे पानीको भर पर्नुपर्ने समस्याको अन्त्य भएको हो । 

विसं २०४५ मा निर्माण भएको कच्ची नहरलाई पक्की बनाएपछि योजनाबाट लुरवाङमा रहेको १५० घरपरिवार किसानको करिब ३०० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिका सचिव टुकमान जुग्जालीले बताए। गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा उपभोक्ता समितिले योजना निर्माण गरेको हो । 

नहरमा पानी चलाउन थालेपछि लुरवाङको फाँटमा धान रोपाइँका लागि यसपालि आकासे पानी कुर्न नपरेको उपभोक्ता समितिका अध्यक्ष झकवीर जुग्जालीले बताए । कच्ची नहरमा पानी सोसिने र भिरमा पाइप राख्दा डढेलोले नष्ट गर्ने समस्या थियो । 

पक्की नहर निर्माण भएपछि बेल्फीको मुहानबाट लुरवाङको फाँटमा सिँचाइका लागि पानी ल्याउन हरेक वर्ष पाइप फेर्नुपर्ने झन्झटबाट मुक्ति मिलेको छ । पाइप परिवर्तन गर्दा हुने खर्च पनि बचत भएको छ ।

आर्थिक वर्ष २०८०/८१ देखि सुरु भएको आयोजना निर्माणले यसपालि पूर्णता पाएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलक मोहन ओझाले बताए । 

चालु आवमा विनियोजन भएको रु. १० लाख बजेटबाट लुरवाङ फाँटको खोल्सामा छ मिटर लामो ‘क्रसिङ’ बनाएर पानी तारिएको छ । थप १७५ मिटर पक्की नहर निर्माण भएको छ । आव २०८१/८२ मा रु २० लाख बजेट विनियोजन भएको योजनामार्फत गलघण्टीको भिर र लुरवाङमा ३०० मिटर पक्की नहर निर्माण भएको थियो ।  एक सय ७० मिटर १२५ मिलीलिटर क्षमताको पाइप लाइन जडान गरिएको थियो । आव २०८०/८१ मा विनियोजन भएको रु १० लाख बजेटबाट बेल्फीमा इन्टेक, बाँध र करिब २०० मिटर पाइप लाइन जडान भएको थियो । 

लुरवाङमा धानलगायत खाद्य बालीका साथै सुन्तला र व्यावसायिक तरकारी खेती गर्न सहज भएको छ । बिम गाउँको फेदीमा रहेको लुरवाङलाई स्थानीयवासीले अन्नको भण्डार मान्ने गर्छन् ।

0 Comments