२३ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनको छानबिन प्रतिवेदन सरकारले लुकाएको ‘प्रचण्ड’को आरोप

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवार सरकारी व्यक्तिहरूबाटै जेनजी आन्दोलनको छानबिन प्रतिवेदन लुकाइएको आरोप लगाउँदै भदौ २३ र २४ का घटनाको सत्य तथ्य सार्वजनिक गर्न माग गरेका छन्।

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सरकारले लुकाएको आरोप लगाएका छन्।

सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले सरकारमा जिम्मेवार व्यक्तिहरूबाटै प्रतिवेदन लुकाउने काम भएको र त्यसका कारण घटनाको वास्तविकता सार्वजनिक हुन नसकेको बताएका हुन्।

‘सरकारमा रहेका जिम्मेवार व्यक्तिहरूले नै छानबिन प्रतिवेदन लुकाएर घटनाको वास्तविकता बाहिर आउन दिएका छैनन्,’ प्रचण्डले भने।

भदौ २३ को निष्पक्ष छानबिन गर्न माग

प्रचण्डले जेनजी आन्दोलनमा सहभागी युवाहरूको भावना, उद्देश्य र उनीहरूले उठाएका मागलाई अलग ढंगले बुझ्नुपर्ने बताएका छन्। युवाका माग र आन्दोलनलाई बदनाम गराउने उद्देश्यले घुसपैठ भएको उनको दाबी छ।

उनले भदौ २३ मा भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने बताए। ‘भदौ २३ को घटनाको पनि निष्पक्ष छानबिन जरुरी छ,’ उनले भने।

भदौ २४ को विध्वंसको सत्य तथ्य सार्वजनिक गर्नुपर्ने

प्रचण्डले भदौ २४ मा भएका विध्वंसात्मक घटनाको वास्तविकता पनि सार्वजनिक गर्नुपर्ने बताएका छन्। आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड तथा अन्य विध्वंसात्मक गतिविधिमा को–को संलग्न थिए भन्ने स्पष्ट हुनुपर्ने उनको भनाइ छ।

‘यस्तै, भदौ २४ गते भएको विध्वंसात्मक घटनाको सत्य तथ्य सार्वजनिक गर्नुपर्छ,’ उनले भने।

छानबिनका तथ्य र प्रतिवेदन सार्वजनिक गर्न आग्रह
आन्दोलनका क्रममा भएका हिंसात्मक तथा विध्वंसात्मक घटनाको जिम्मेवार पक्ष पहिचान गर्न छानबिनबाट प्राप्त तथ्य सार्वजनिक गर्नुपर्ने प्रचण्डले बताएका छन्।

छानबिन प्रतिवेदन सार्वजनिक भएपछि मात्रै आन्दोलनको वास्तविक उद्देश्य, त्यसमा भएको घुसपैठ र आगजनी तथा तोडफोडमा संलग्न पक्षबारे स्पष्ट हुने उनको भनाइ छ।

0 Comments