३१ असार २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेरीघाट-नाग्म सडक स्तरोन्नति हुँदै

अ+ अ-

काठमाडौँ । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको सेरीघाट-मान्म बजार र नाग्म सडक खण्ड स्तरोन्नति हुने भएको छ । 

सडक डिभिजन कार्यालय जुम्लाले आगामी आर्थिक वर्षमा कालिकोटको सेरीघाट-मान्म बजार र नाग्म सडकखण्डको स्तरोन्नतिका लागि ‘फर्निसिङ’ तथा ‘रोड मार्किङ’को काम गर्ने भएको हो ।

कर्णाली राजमार्गको यातायात पूर्वाधारलाई सुदृढ र सुरक्षित बनाउने उद्देश्यका साथ सडक डिभिजन कार्यालय जुम्लाले स्तरोन्नति गर्न लागेको छ । 

त्यसका लागि नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेत मातहत रहेको सडक डिभिजन जुम्लाले स्तरोन्नतिका लागि बोलपत्र (ठेक्का) आह्वान गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । 

विशेष गरी सेरीघाट-मान्म बजार-नाग्म सडक खण्ड वर्षायाममा हिलो, खाल्डाखुल्डी, साँघुरोपन र हिउँदमा धुलाम्मे हुने भएका कारण यात्रु तथा सवारीसाधनलाई सास्ती हुँदै आएकाले सडक स्तरोन्नति गर्न ठेक्का प्रक्रिया अगाडी बढेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी प्रदीपनारायण चौधरीले बताए । 

“डिभिजन कार्यालयले कर्णाली राजमार्गसहित यस क्षेत्रका रणनीतिक महत्वका सडकखण्डको सुधार, मर्मत र कालोपत्रका लागि प्रक्रिया अघि बढाएको छ”, उनले भने, “सडकको स्तरोन्नति, आवश्यक स्थानमा चौडाइ विस्तार, नाला निर्माण, जोखिमयुक्त मोड सुधार, पर्खाल निर्माण तथा कालोपत्र गर्ने गरी योजना छ ।” 

सडक सुधारसँगै यात्राको समय घट्ने, यातायात सेवा नियमित हुने तथा सडक दुर्घटनाको जोखिम पनि कम हुने सडक डिभिजन कार्यालयले जनाएको छ । त्यस्तै, थारमारे-चौरजहारी-जाजरकोट खलंगा-जुम्ला कुँदारी-मुगु रारा सडक, खलंगा जुम्ला खाली भुल्भुले ताल्चा रारा सडक तथा मनाङ मुस्ताङ डोल्पा जुम्ला सडक खण्डमा संरचनागत कामसहित सडक सुधार तथा स्तरोन्नति गरिने सूचना अधिकारी चौधरीले बताए । उनले मुगुस्थित रारा राजमार्गको ताल्चादेखि सल्लेरी खण्ड र जुम्लाको देवारगाउँदेखि आचार्यलिही खण्डमा कालोपत्र गरिने जानकारी दिए । 

0 Comments