काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले जिल्ला कार्यसमितिको बैठक बोलाएका छन्।
जिल्ला कार्यसमितिहरूको सांगठनिक अवस्थाबारे छलफल र समीक्षा गर्नका लागि बोलाएको हो ।
भर्चुअल माध्यमबाट बस्ने बैठक राति ८ बजेदेखि सुरु हुने बताइएको छ । बैठकले जिल्ला कार्यसमितिहरूको संगठनात्मक मासिक समीक्षा गर्नेछन् । बैठकमा सबै पदाधिकारीहरूको अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ।







