काठमाडौँ । मधेस प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेशसभाबाट पारित दुईवटा विधेयक आज प्रमाणीकरण गरेका छन् ।
मधेस प्रदेशसभाबाट पारित आर्थिक वर्ष २०८३-८४ को सेवा र कार्यका लागि मधेस प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८३ र मधेस प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८३ प्रदेश प्रमुख कर्णले प्रमाणीकरण गरेका हुन् ।
प्रदेश प्रमुख कर्णले प्रदेश सभाबाट पारित दुवै विधेयकहरू नेपालको संविधान २०७२ को धारा २०१ को (२) बमोजिम आज प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता संजिपकुमार दुब्बेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।







