काठमाडौँ । बागमती प्रदेश सरकारले मन्त्रालयको संरचनामा पुनर्संरचना गर्दै मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गरेको छ। मुख्यमन्त्री इन्द्र बानियाँले प्रशासनिक संरचना परिवर्तन गर्ने निर्णयसँगै नयाँ मन्त्रालय व्यवस्था लागू गरेका हुन्।
मन्त्रालयको संख्या घटाइए पनि मन्त्रिपरिषद्को सदस्य संख्या भने यथावत् १४ नै राखिएको छ। नयाँ संरचना अनुसार छ जना मन्त्रीलाई हालका लागि विभागीय जिम्मेवारी नतोकी बिना विभागीय मन्त्रीका रूपमा राखिएको छ।
बिना विभागीय बनाइएका मन्त्रीहरूमा किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा तथा बिनुकुमारी रायमाझी पौडेल रहेका छन्।








