१ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुक्त कमैयालाई जग्गा दिन अदालतको आदेश

अ+ अ-

काठमाडौँ । उच्च अदालत तुलसीपुरले मुक्तकमैया तथा भूमिहीन सुकुम्वासीले प्राप्त गरेको जग्गाको अंशबन्डा, नामसारी, दर्ता तथा बसोबास व्यवस्थापनका सम्बन्धमा आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय मदन पोखरेल र शकुन्तला घिमिरेको संयुक्त इजलासले भूमि प्रशासन कार्यालय बाँके, कोहलपुरका नाममा परमादेश तथा सम्बन्धित सरकारी निकायका नाममा निर्देशनात्मक आदेश बिहीबार जारी गरेको हो ।

उच्च अदालतका सूचना अधिकारी बलबहादुर विष्टले अगनिया थारु समेतले भूमि सुधार तथा मालपोत कार्यालय लगायतलाई विपक्षी बनाई विसं २०८२ वैशाख २८ गते दायर गरेको सार्वजनिक सरोकारको रिट निवेदनमा अदालतले उक्त आदेश दिएको थियो ।

फैसलाअनुसार मुक्तकमैया वा सुकुम्वासीका रूपमा प्राप्त जग्गाका सम्बन्धमा एकाघरका परिवार अंशबण्डाका लागि आएमा वा जग्गाधनीको मृत्युपछि अपुताली हक कायम गरी नामसारी गर्नुपर्ने अवस्थामा कानुनबमोजिम आवश्यक प्रक्रिया पूरा भए सम्बन्धित लिखत दर्ता तथा दाखिल–खारेज गरिदिन भूमि प्रशासन कार्यालयलाई परमादेश जारी गरिएको हो ।

अदालतले विभिन्न आयोगमार्फत जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका तर, अद्यावधिक हुन नसकेका तथा आवासका लागि जग्गा प्राप्त गर्न नसकेका भूमिहीन सुकुम्वासीका हकमा सरकारले आवश्यक पहल गर्न निर्देशन दिएको निवेदक अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।

सरकारले मुक्त कमैयालाई जग्गा उपलब्ध गराउँदा १० वर्षसम्म बेचबिखन, हक हस्तान्तरण, दान वा धितो राख्न नपाउने सर्त राखेको थियो । तर २०५८ सालमा जग्गा प्राप्त गरेका मुक्त कमैयाले दुई दशकभन्दा बढी समय बितिसक्दा पनि आफ्नो जग्गाको अंशबन्डा, नामसारी तथा अन्य कानुनी प्रक्रिया गर्न नपाएको भन्दै अदालतमा सार्वजनिक सरोकारको रिट दायर गरेका थिए ।

कोहलपुर-२ मुक्तिनगरका सीताराम थारु, अगनिया थारु, सीमा थारूलगायत २५० भन्दा बढी पीडितले आफ्ना लालपुर्जा तथा अन्य कागजातसहित अधिकारकर्मी र कानुन व्यवसायीमार्फत कानुनी उपचारको पहल गरेका थिए ।

0 Comments