१ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वदेशी जुत्ता उद्योग प्रवर्द्धनका लागि नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली जुत्ता-चप्पल उद्योगको विकास, बजार विस्तार र उत्पादन क्षमता अभिवृद्धिका लागि सरकारबाट आवश्यक सहजीकरण गरिने बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारी तथा प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले स्वदेशी उत्पादनको प्रयोग बढाउने, बजार प्रवर्द्धन गर्ने र उद्योगलाई प्रतिस्पर्धी बनाउन सरकार सकारात्मक रहेको बताएका हुन्।

छलफलका क्रममा उनले जुत्ता निर्माण क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तीनै तहका सरकारको सहकार्यमा सीप विकाससम्बन्धी तालिम सञ्चालन गर्ने जानकारी दिए। नेपाली जुत्ता–चप्पलको पहिचान निर्माण, प्रचारप्रसार तथा बजार विस्तारका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

प्रधानमन्त्री शाहले उद्योगको वास्तविक उत्पादन क्षमताका आधारमा कच्चा पदार्थ आयात व्यवस्थापनलाई व्यवस्थित बनाउने उल्लेख गर्दै आयातसम्बन्धी विवरणको अनुगमन र अभिलेख प्रणालीलाई प्रभावकारी बनाइने बताए। स्वदेशी उद्योगको संरक्षण र उत्पादन प्रवर्द्धनलाई सरकारले प्राथमिकतामा राख्ने उनको भनाइ थियो।

छलफलमा एफएमएएनका प्रतिनिधिहरूले जुत्ता–चप्पल क्षेत्रमा देखिएका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूले भारतसँग जोडिएका विभिन्न नाकाबाट हुने अवैध आयात नियन्त्रण गर्न, कर तथा मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीमा नआएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डलाई कानुनी दायरामा ल्याउन र गुणस्तरहीन उत्पादनको आयात रोक्न माग गरेका थिए।

संघका प्रतिनिधिहरूले आयातित जुत्ता-चप्पलको गुणस्तर परीक्षण अनिवार्य गर्नुपर्ने आवश्यकता औँल्याउँदै सरकारले उद्योगमैत्री नीति, बजार संरक्षण र आवश्यक सहयोग उपलब्ध गराए स्वदेशी उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने धारणा राखेका थिए।

छलफलमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, महासचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम तथा संघका सदस्य एवं प्रतिनिधिसभा सदस्य विदुषी राणालगायतको सहभागिता रहेको थियो।

0 Comments