१ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विवादमा परेपछि दुर्गेशको ‘मास्टर्नी’ गीत युट्युबबाट हटाइयो, मागे माफी

अ+ अ-

‘मास्टर्नी’ गीतप्रति आएको आलोचना र शिक्षक समुदायको भावनामा चोट पुगेको स्वीकार गर्दै गायक दुर्गेश थापाले आधिकारिक युट्युब च्यानल तथा आफ्ना सामाजिक सञ्जालबाट गीत हटाएका छन्। उनले क्षमायाचना गर्दै सुझावलाई आत्मसात् गर्ने बताएका छन्।

काठमाडौँ । ‘मास्टर्नी’ गीतलाई लिएर विवाद भएपछि गायक तथा सर्जक दुर्गेश थापाले उक्त गीत आफ्नो आधिकारिक युट्युब च्यानल तथा अन्य सामाजिक सञ्जालबाट हटाएका छन्। साथै उनले शिक्षक, शिक्षिका, दर्शक तथा शुभेच्छुकसँग क्षमायाचना गर्दै आगामी दिनमा सुझावलाई आत्मसात् गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शुक्रबार जारी गरेको विज्ञप्तिमा थापाले सर्वप्रथम आफ्ना दर्शक, श्रोता, शुभेच्छुक तथा आदरणीय गुरुजनप्रति सम्मान व्यक्त गरेका छन्। उनले ‘मास्टर्नी’ चलचित्रको प्रचारका लागि तयार गरिएको सांगीतिक कोसेलीप्रति प्राप्त माया, साथ, समीक्षा, आलोचना तथा सुझावलाई आफूले खुलेर स्वीकार गरेको उल्लेख गरेका छन्।

थापाले गीतको उद्देश्य कुनै पनि पेशा, व्यक्ति, समुदाय वा कसैको भावनामा चोट पुर्‍याउने नभएको स्पष्ट पारेका छन्। उनका अनुसार उक्त गीत चलचित्रको प्रचार–प्रसारलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने उद्देश्यले तयार गरिएको थियो।

तर गीतका केही शब्द र प्रस्तुतिकरणका कारण दर्शक तथा विशेष गरी शिक्षक-शिक्षिकाको भावनामा चोट पुगेको महसुस भएको उल्लेख गर्दै उनले त्यसप्रति आफू हृदयदेखि नै क्षमाप्रार्थी रहेको बताएका छन्।

विज्ञप्तिमा उनले शिक्षकलाई समाजका मार्गदर्शक, ज्ञानका दीप तथा सम्मानका पात्रका रूपमा उल्लेख गर्दै उनीहरूप्रतिको सम्मान सधैँ अटल रहने बताएका छन्।

गीतप्रति आएका सुझावलाई आत्मसात् गर्दै ‘मास्टर्नी’ गीतलाई आफ्नो आधिकारिक युट्युब च्यानल तथा अन्य सामाजिक सञ्जालबाट हटाइएको जानकारी पनि उनले दिएका छन्।

आफ्ना दर्शकलाई भगवान् सरह मान्ने उल्लेख गर्दै थापाले उनीहरूबाट प्राप्त प्रत्येक सल्लाह र सुझाव आफ्नो लागि महत्वपूर्ण रहेको बताएका छन्। उनले आगामी दिनमा अझ जिम्मेवार, उत्कृष्ट र सबैको मन जित्ने सिर्जना लिएर आउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

विज्ञप्तिको अन्त्यमा थापाले निरन्तर माया, साथ, विश्वास, हौसला तथा सकारात्मक सुझाव प्रदान गरिरहनुभएका सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।

0 Comments