१ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्गेश थापा र प्रियंका कार्कीको नयाँ गीत ‘मास्टर्नी’ प्रति शिक्षक महासंघको आपत्ति, प्रदर्शन र प्रयोग रोक्न माग

अ+ अ-

नेपाल शिक्षक महासंघले चलचित्र ‘मास्टर्नी’को प्रचारात्मक गीतमा महिला शिक्षक र शिक्षण पेसाको गरिमामा आँच पुग्ने शब्द तथा प्रस्तुति रहेको भन्दै गीत तत्काल रोक्न र चलचित्रमा समेत प्रयोग नगर्न आग्रह गरेको छ।

काठमाडौँ । नेपाल शिक्षक महासंघले नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रचारका लागि सार्वजनिक गरिएको गीतप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले गीतमा महिला शिक्षकलाई लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको तथा त्यसले शिक्षक र शिक्षण पेसाको गरिमा र मर्यादामाथि गम्भीर प्रहार गरेको भन्दै गीतको सार्वजनिक प्रदर्शन तत्काल रोक्न र चलचित्रमा समेत प्रयोग नगर्न आग्रह गरेको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापा ले शुक्रबार संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भदौ ५ गते प्रदर्शनका लागि प्रचार भइरहेको चलचित्र ‘मास्टर्नी’को प्रचारात्मक (प्रोमोशनल) सामग्रीका रूपमा सार्वजनिक भएको गीतप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको उक्त गीतले शिक्षक तथा शिक्षण पेसाको सामाजिक प्रतिष्ठा र मर्यादामा प्रतिकूल असर पार्ने उल्लेख गर्दै यस्ता सामग्रीले समाजमा गलत सन्देश प्रवाह गर्ने जनाइएको छ।

महासंघले गीतलाई तत्काल सार्वजनिक प्रदर्शनबाट हटाई चलचित्रमा समेत प्रयोग नगर्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ। साथै, गीतलाई यथावत् निरन्तरता दिइए त्यसबाट उत्पन्न हुन सक्ने असहज परिस्थितिप्रति चलचित्र निर्माता तथा त्यससँग सम्बन्धित कलाकारहरू नै जिम्मेवार हुने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।

चलचित्र ‘मास्टर्नी’को प्रचारात्मक गीतमा गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की को अभिनय रहेको छ। गीत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको शब्द, प्रस्तुति र नृत्यशैलीलाई लिएर विभिन्न प्रतिक्रिया आएका छन्। कतिपयले यसलाई मनोरञ्जनात्मक प्रस्तुति मानेका छन् भने कतिपयले शिक्षक पेसाको सम्मान र महिला शिक्षकको छविमाथि प्रतिकूल असर पर्ने सामग्री भएको टिप्पणी गरेका छन्।

शिक्षक महासंघको विज्ञप्ति सार्वजनिक हुँदासम्म यस विषयमा चलचित्र निर्माण पक्षले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

महासंघले सिर्जनात्मक स्वतन्त्रताको सम्मान गर्दै कुनै पनि कलात्मक सामग्री निर्माण गर्दा व्यक्ति, समुदाय र पेसागत गरिमाप्रति संवेदनशील हुनुपर्नेमा जोड दिएको छ।

0 Comments