२ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानको उत्तर-पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए

अ+ अ-

पाकिस्तान । पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा सुरक्षा फौजले सञ्चालन गरेको विशेष कारबाहीमा २४ जना लडाकु मारिएका छन् ।

 पाकिस्तानी सेनाको सञ्चार शाखा ‘इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स’ (आईएसपीआर) ले शुक्रवार जारी गरेको विज्ञप्तिअनुसार विगत २४ घण्टामा भएका विभिन्न गुप्तचरीमा आधारित अपरेसनका क्रममा ती लडाकुहरू मारिएका हुन् । 

प्रतिबन्धित संगठन ‘तहरीक–ए–तालिबान पाकिस्तान’ (टीटीपी) ले पछिल्लो समय प्रहरी कर्मचारीहरूलाई लक्षित गरी आक्रमण तिब्र पारेपछि सुरक्षा फौजले उक्त क्षेत्रमा व्यापक खोजी तथा कारबाही अभियान शुरु गरेको हो । 

सेनाकाअनुसार मारिएका लडाकुहरू सुरक्षाकर्मी र सर्वसाधारणको ज्यान जाने गरी भएका विभिन्न आतंकवादी गतिविधि र आक्रमणहरूमा संलग्न रहँदै आएका थिए । कारबाहीका क्रममा सुरक्षा फौजले ठूलो परिमाणमा हतियार तथा विष्फोटक पदार्थ समेत बरामद गरेको विज्ञप्तिमा उल्लेख छ । 

आईएसपीआरले उक्त क्षेत्रमा बाँकी रहेका लडाकुहरूलाई निमिट्यान्न पार्न र हालैका आक्रमणका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन सुरक्षा कारबाहीलाई निरन्तरता दिइने जनाएको छ ।

0 Comments