२ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन

अ+ अ-

काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा रु दुई खर्ब ४३ अर्ब ८२ करोड राजस्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा वार्षिक लक्ष्यको ८९ दशमलव १९ प्रतिशत राजस्व संकलन गरेको सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए। 

कार्यालयका लागि गत आर्थिक वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३७ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । भन्सार विभागले गत आर्थिक वर्षभरिमा देशभरका सबै भन्सार कार्यालयबाट रु पाँच खर्ब ८८ अर्ब २५ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । विभागको कुल वार्षिक लक्ष्यमा वीरगन्ज कार्यालयको योगदान ४१ दशमलव ४५ प्रतिशत रहेको छ । 

कार्यालयले चालु आवको साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७४ करोड, असोजमा रु १९ अर्ब नौ करोड, कात्तिकमा रु १७ अर्ब ३३ करोड, मङ्सिरमा रु २० अर्ब ८० करोड राजस्व संकलन गरेको थियो ।

 साथै पुसमा रु २० अर्ब २० करोड, माघमा रु १८ अर्ब ९२ करोड, फागुनमा रू १९ अर्ब ३४ करोड, चैतमा रु २२ अर्ब ८२ करोड, वैशाखमा रु २१ अर्ब ७४ करोड, जेठमा रु २२ अर्ब ३२ करोड र असारमा रु २२ अर्ब चार करोड राजस्व सङ्कलन गरेको छ ।

0 Comments