३ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेश जाने युवाको संख्या बढे पनि विगतजस्तो बहस र आलोचना नभएको ओलीको टिप्पणी

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय वैदेशिक रोजगारी तथा अन्य प्रयोजनका लागि विदेश जाने युवाको संख्या बढे पनि यस विषयमा विगतजस्तो बहस र आलोचना नभएको बताएका छन्।

आइतबार एमालेका सांसदहरूलाई सम्बोधन गर्दै ओलीले अघिल्लो वर्ष यही अवधिमा बिदेसिने क्रमलाई लिएर ठूलो चर्चा भएको तर अहिले संख्या अझ बढ्दा पनि त्यस विषयमा सार्वजनिक प्रतिक्रिया कम देखिएको दाबी गरे।

उनले विगतमा युवालाई विदेश पठाउने विषयलाई अस्वाभाविक रूपमा प्रस्तुत गरिएको भन्दै अहिले भने विदेश जानुलाई व्यक्तिगत अधिकारका रूपमा व्याख्या गर्ने प्रवृत्ति देखिएको उल्लेख गरे।

ओलीले राजनीतिक स्वार्थअनुसार विषयवस्तुको व्याख्या परिवर्तन गर्ने प्रवृत्तिले जनहित प्रभावित हुने बताएका छन्। उनले तथ्य र वास्तविकतालाई सही रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याउँदै भ्रमपूर्ण रूपमा प्रस्तुत गरिएका विषयलाई सच्याउने जिम्मेवारी संसद्को पनि भएको बताए।

संसद्ले कानुन निर्माणका लागि आवश्यक संख्यात्मक शक्ति नभए पनि जनताका सरोकार र हितका विषय उठाउने महत्वपूर्ण थलो भएको ओलीको भनाइ थियो। उनले जनतासँग सम्बन्धित विषयमा प्रभावकारी आवाज उठाउन सांसदहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।

0 Comments