४ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताका मुद्दा र प्रविधिको उच्चतम प्रयोगबाट पार्टीको लोकप्रियता वृद्धि गर्न अध्यक्ष ओलीको निर्देशन

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आधारभूत समस्या र राष्ट्रियताका मुद्दाहरूलाई सशक्त रूपमा उठान गरेर पार्टीको लोकप्रियता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । 

आइतबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

सम्बोधनका क्रममा अध्यक्ष ओलीले देशभक्तिपूर्ण आन्दोलन र जन पक्षीय अडानका माध्यमबाट मात्र पार्टीको लोकप्रियता बढ्ने बताए । जनतासँग नङ र मासुको जस्तै सम्बन्ध कायम गर्दै उनीहरूका समस्या समाधानका लागि इमानदार प्रयास गरे मात्र एमाले पुनः जनताको बीचमा स्थापित हुनसक्ने जिकिर गरे । 

उनले पार्टी कार्यकर्ताहरूलाई जनताका पीर-मर्का बुझ्न र ती समस्या समाधानका निम्ति सक्रिय रहन समेत निर्देशन दिए । पार्टी पछिल्लो समय सूचना प्रविधिको प्रतिस्पर्धामा केही कमजोर देखिएको स्वीकार गर्दै अध्यक्ष ओलीले ‘आईटी वार’ मा पछाडि परेका कमजोरीहरूलाई सुधार्नुपर्ने आवश्यकता औँल्याए । 

ज्ञानको भण्डार अथाह रहेको र कुनैपनि कुरा सिक्न असम्भव नरहेको उल्लेख गर्दै उहाँले नेता तथा कार्यकर्ताहरूलाई आधुनिक प्रविधिको प्रयोगमा अभ्यस्त हुन आग्रह गरे । 

अध्यक्ष ओलीले विज्ञहरूको परामर्श, पुस्तक, पुस्तकालयका साथै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र च्याट जीपीटी जस्ता आधुनिक प्रविधिहरूको उच्चतम प्रयोग गरी अगाडि बढ्नुपर्नेमा जोड दिए। उपलब्ध स्रोत र सञ्चार माध्यमहरूको सही सदुपयोग गर्दै पार्टीको विचार र कार्यदिशालाई आम जनतामाझ पुर्‍याउन उनले आह्वान गरेका छन्।

0 Comments