४ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती विश्वविद्यालयमा भर्ना आवेदनको म्याद साउन ८ सम्म

अ+ अ-

बागमती । बागमती विश्वविद्यालयअन्तर्गत स्नातक तहका विभिन्न विषयमा नयाँ भर्नाका लागि आवेदन दिने म्याद यही साउन ८ गतेसम्म थपिएको छ ।

यसअघि असार मसान्तसम्म मात्रै भर्नाका लागि आवेदन दिन सकिने व्यवस्था थियो । कतिपय विद्यार्थीको कक्षा १२ को ‘ट्रान्सक्रिप्ट’ बन्न ढिलाइ भएको भन्ने गुनासो आएसँगै आवेदन भर्ने म्याद थप गरिएको विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टिज)का अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

विश्वविद्यालयले व्यवस्थापन तथा कानुन, विज्ञान तथा प्रविधि एवं शिक्षाशास्त्र तथा समाजिक विज्ञान सङ्कायअन्तर्गत हुने सेमेष्टर प्रणालीका स्नातक तहका शैक्षिक कार्यक्रमका लागि आवेदन माग गरेको छ ।

विश्वविद्यालयले अघिल्लो वर्षदेखि व्यवस्थापन र कानुन (म्यानेजमेन्ट एन्ड ल), विज्ञान तथा प्रविधि (साइन्स एन्ड टेक्नोलोजी)का साथै शिक्षा तथा सामाजिक विज्ञान (एजुकेसन एन्ड सोसिएल साइन्स) सङ्कायमा स्नातक तहको कक्षा सञ्चालन सुरु गरेकामा तीनवटै सङ्कायको पहिलो सेमेष्टरको परीक्षाफल एक हप्ताभित्र प्रकाशित गरेको थियो ।

उच्च शिक्षालाई प्रदेश तहमा जिम्मेवारी दिएअनुरूप २०८१ साल जेठ २५ गते बागमती विश्वविद्यालय स्थापना भएको थियो । त्यसअन्तर्गत आङ्गिक क्याम्पसका रूपमा माडी क्याम्पस चितवन, हेटौँडा क्याम्पस मकवानपुर, जनमैत्री क्याम्पस काठमाडौँ, भुवानीशङ्कर क्याम्पस चितवन, चैतन्य क्याम्पस काभ्रेपलाञ्चोक र कपन क्याम्पस काठमाडौँ रहेका छन् । विश्वविद्यालयका सबै आङ्गिक क्याम्पसमा गरी हाल ५५० विद्यार्थी अध्ययनरत छन् ।

0 Comments