काठमाडौँ । सल्यानको बनगाड कुपिन्डे नगरपालिका-१२ भदाले सामुदायिक वनको ओडारबाट चार नाल भरुवा बन्दुक बरामद गरिएको छ ।
आइतबार साँझ साढे पाँच बजे बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ । ती बन्दुक अवैध रहेको र लुकाएर राखिएको अवस्थामा बरामद गरिएको हो ।
बन्दुक कसले लुकाएर राखेको हो भन्ने खुलेको छैन । यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।







